काभ्रेमा र्यापिड टेष्टबाट पोजेटिभ देखिएका दुई युवक धुलिखेल अस्पतालको आइसोलेसनमा

नौलो समाचार संवाददाता
२०७७ बैशाख २, मंगलबार मा प्रकाशित ८६२ पटक पढिएको
काभ्रेमा र्यापिड टेष्टबाट पोजेटिभ देखिएका दुई युवक धुलिखेल अस्पतालको आइसोलेसनमा

बैशाख २, काभ्रे । र्यापिड टेष्टका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएका काभ्रेका दुईजना युवकको धुलिखेल अस्पतालमा पीसीआर विधिबाट परीक्षण गरिएको र त्यसको नतिजा भाेली (बुधबार) बिहानसम्म आउने भएको छ।

धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारका अनुसार काभ्रेका दुई युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरुको थप परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको हो। ‘उनीहरुको पीसीआर विधिबाट परीक्षण गरिएको छ। नतिजा भोलि बिहानसम्म आउँछ,’ उनले भने । उनीहरुलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।

काभ्रेमा भारतबाट आएका बेथानथोक गाउँपालिकाका एक जना र दुवईबाट आएका मण्डनदेउपुर नगरपालिकाका एक युवामा र्‍यापिड टेष्टमा कोरोना संक्रमण देखिएको हो।

बेथानचोक गाउँपालिकाका ती युवक गोवाबाट चैत ९ गते फर्केका थिए। उनीसँगै आएका साथीहरुको आरडिटी विधिबाट परीक्षण गर्दा नतिजा नेगेटिभ देखिएको छ।

मण्डनदेउपुर नगरपालिकाका युवक भने दुबईबाट फर्केका हुन्।

प्रतिक्रिया दिनुहोस