विदेशबाट आएकालाई लुकाएर राखेको पाइए आफन्तलाई कारबाही गरिने

नौलो समाचार संवाददाता
२०७७ बैशाख ३, बुधबार मा प्रकाशित ५१८ पटक पढिएको
विदेशबाट आएकालाई लुकाएर राखेको पाइए आफन्तलाई कारबाही गरिने

बैशाख ३, काठमाडौं । सरकारले विदेशबाट आएकाहरुका बारेमा स्थानीय प्रशासनलाई जानकारी नगराई लुकाएर राखेको पाइएमा लुकाउने व्यक्तिलाई समेत कारवाही गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको अर्थ तथा सूचना मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

‘अनधिकृत रुपमा सिमा क्षेत्रबाट प्रवेश गर्ने व्यक्तिहरूलाई अर्थात् नेपालमा प्रवेश गरेका विदेशीहरुलाई स्थानीय प्रशासनलाई जानकारी नदिइ लुकाईएको पाइएमा त्यस्ता व्यक्तिहरुलाई नेपालको कानुनअनुसार कार्बाही गर्ने निर्णय भएको छ,’ मन्त्री खतिवडाले भने।

प्रतिक्रिया दिनुहोस