एसईई परीक्षा नजिकैको विद्यालयबाट गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

नौलो समाचार संवाददाता
२०७७ बैशाख ३, बुधबार मा प्रकाशित ९९८ पटक पढिएको

एसईई परीक्षा नजिकैको विद्यालयबाट गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

बैशाख ३, काठमाण्डौ । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई नजिकैको विद्यालयबाट गर्ने तयारी गरेको छ ।

कोरोना भाइरसको महामारी सामान्य भए पछि चालु शैक्षिक वर्षलाई असर नपर्ने गरी नतिजा प्रकाशित गर्न एसईई परीक्षा नजिकैको विद्यालयमा परीक्षा दिने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

घरबाट टाढा नभएको विद्यालयमा परीक्षा दिने बिषयमा छलफल भइरहेको र त्यसका लागि आवश्यक पर्ने परीक्षा केन्द्रबारे जानकारी गराउन सम्बन्धित विद्यालयलाई बोर्डले आग्रह गरेको छ ।

बोर्डले ३ दिनभित्र परीक्षा नियन्त्रण कार्यालयको कक्षा १० को इमेल ठेगाना [email protected] मा पठाउन आग्रह गरेको छ । कक्षा ११ र १२ को हकमा पनि पनि यही नियम लागू हुने भन्दै बोर्डले विवरण तयार पारी राष्ट्रिय परीक्षा बोर्डमा ईमेल गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस