मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनबारे निर्णय गर्ने तयारी

नौलो समाचार संवाददाता
२०७७ बैशाख १४, आईतबार मा प्रकाशित ४१७ पटक पढिएको
मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनबारे निर्णय गर्ने तयारी

बैशाख १४, काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि गरेको लकडाउनको समयावधीका विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै छ । दिउँसो बस्ने बैठकमा लकडाउनको समयावधी पुनरावलोकन गर्ने विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । गत चैत ११ गते सुरु गरी पटक/पटक थप गरेको लक डाउनको समयावधी भोलि सकिदै छ ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भने लकडाउनको समयावधी एक साता लम्ब्याउन सिफारिस गरेको छ । समिति अन्तर्गतको मूख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लक डाउन एक साता लम्ब्याउनुपर्ने निष्कर्ष निकालेका थियो ।

समिति संयोजक उपप्रधानमनत्री ईश्वर पोखरेलले हिजो नै सो सिफारिस बारे प्रधानमनत्री केपी शर्मा ओलीलाई जानकारी गराइसक्नु भएको छ । चिकित्सक, जनस्वास्थ्यविद, जनप्रतिनिधि र अधिकारकर्मीले भने लकडाउनको अहिलेको अवस्थामा परिवर्तन गर्न सुझाएका छन् । लकडाउनका कारण आम मानिस समस्यामा परेकाले देशैभर लकडाउन नगरी क्षेत्रगत रुपमा कतै कडा, कतै खुकुलो र कतौ पूर्ण रुपमा हटाउनुपर्ने उनीहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस