लकडाउन १० दिन थपियो, बैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

नौलो समाचार संवाददाता
२०७७ बैशाख १४, आईतबार मा प्रकाशित ८९५ पटक पढिएको
लकडाउन १० दिन थपियो, बैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

बैशाख १४, काठमाडौँ । सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय अाज (आइतबार) साँझ गरेको छ।

मन्त्रिपरिषद्को आज साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले देशसन्चारलाई जानकारी दिए। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि  सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो।

त्यसयता सरकारले चौथोपटक लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो। नेपालमा हालसम्म ५२ जना कोरोना संक्रमित भेटिएका छन् भने १६ जना निको भएर फर्किईसकेका छन्।

यसअघि सरकारले जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ। सरकारले पछिल्लोपटक १५ दिन लकडाउन लम्ब्याएको थियो।

प्रतिक्रिया दिनुहोस