झापामा अर्को एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५२ पुग्यो

नौलो समाचार संवाददाता
२०७७ बैशाख १४, आईतबार मा प्रकाशित ३५० पटक पढिएको
झापामा अर्को एक जनामा कोरोना पुष्टि :  संक्रमितको संख्या ५२ पुग्यो

बैशाख १४, काठमाडौं । अाज (आइतबार) झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणको नतिजा अनुसार झापाका पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

सामान्य स्वास्थ्य अवस्था रहेका उनी अहिले अस्पतालको निगरानीमा छन् । यसअघि झापाको दमकका एक जनामा संक्रमण देखिएको थियो । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइराखेको छ ।  आज झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना भने डिस्चार्ज भएका छन् ।

पीसीआर विधिबाट ९ हजार ९ सय ३१  र आरडीटी ४१ हजार ४ सय ३६ जना गरेर ५१ हजारमा गरी अहिलेसम्म ५१ हजार तीन सय ६७ नमुना परीक्षण गर्दा भएका छन्।  पछिल्लो २४ घन्टामा दुई हजार ९६ जनाको नमुना परीक्षण भएको थियो । आजै वीरगञ्जका दुईजनामा कोरोना देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस