पनौती । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले ५९औँ स्थापना दिवसको अवसरमा पनौती नगरपालिका वडा नं ९, त्रिवेणीघाटस्थित श्री प्राणनाथ माईती वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई भोजन तथा न्यानो जुत्ता उपलब्ध गराएको छ।
स्थापना दिवसलाई औपचारिक कार्यक्रमभन्दा सामाजिक सेवासँग जोड्ने उद्देश्यले वृद्धाश्रममा कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।

संघका अध्यक्ष अमन पोटे श्रेष्ठले ज्येष्ठ नागरिकको सम्मान र संरक्षण समाजको साझा जिम्मेवारी भएको बताउँदै सहकारी संस्थाले समुदायप्रतिको सामाजिक दायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे । आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा सकारात्मक प्रभाव पार्ने सेवामूलक गतिविधिलाई निरन्तरता दिने उनले बताए।
कार्यक्रममा संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरूको उपस्थिति थियो।












प्रतिक्रिया दिनुहोस