रोल्पामा बम बिस्फोट हुँदा चार बालबालिकाको ज्यान गयो

नौलो समाचार संवाददाता
२०७७ बैशाख १८, बिहिबार मा प्रकाशित ७३२ पटक पढिएको
रोल्पामा बम बिस्फोट हुँदा चार बालबालिकाको ज्यान गयो

बैशाख,१८ काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।

प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए ।

उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो ।

गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर साँँझ घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस