नेपालगञ्जमा थप सातजनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ८२ पुग्यो

नौलो समाचार संवाददाता
२०७७ बैशाख २३, मंगलबार मा प्रकाशित ७०८ पटक पढिएको
नेपालगञ्जमा थप सातजनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ८२ पुग्यो

बैशाख २३, बाँके । नेपालगञ्जका थप सातजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ । मंगलबार थप सातजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अहिले निषेधाज्ञा लागु गरिएको छ।

अाज (मंगलबार) संक्रमण पुष्टि हुनेमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९ वर्षकी बालिका ३२, ३४ र ५५ वर्षीया महिला रहेको जनाइएको छ ।

सबै संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै नेपालगञ्जमा कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस