पर्सामा १७ जना कोरोना भाइरस संक्रमित, संक्रमित संख्या ९९ पुग्यो

नौलो समाचार संवाददाता
२०७७ बैशाख २४, बुधबार मा प्रकाशित ५४० पटक पढिएको
पर्सामा १७ जना कोरोना भाइरस संक्रमित, संक्रमित संख्या ९९ पुग्यो

बैशाख २४, काठमाडौँ । पर्सामा १७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ९९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङका क्रममा अाज यो जानकारी दिएको हो।

कोरोना भाइरस संक्रमित २ महिनादेखि ६६ वर्षसम्म उमेर समूहका छन्।

अाज संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष छन्।

योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस