अाज बुद्व जयन्ती, साँझ ७ बजे दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

नौलो समाचार संवाददाता
२०७७ बैशाख २५, बिहिबार मा प्रकाशित ३६७ पटक पढिएको
अाज बुद्व जयन्ती, साँझ ७ बजे दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

बैशाख २५, काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप मनाइँदैछ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो।

यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । देशभर दीप प्रज्वलनका लागि आग्रह गरेका हुन् ।

उनले कोरोनाविरुद्धको संघर्षमा ऐक्यवद्धता प्रकट गर्न भन्दै यस्तो आग्रह गरेको जनाएका छन् ।

“विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४ औँ जन्मजयन्तिका सन्दर्भमा कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरुप्रति उच्च सम्मानस्वरुप, संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभका लागि मृत्युवरण गर्नुभएकाहरुको शान्तिका लागि वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गरौँ,” उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!