नेपालगन्‍जमा एकजना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १०२

नौलो समाचार संवाददाता
२०७७ बैशाख २६, शुक्रबार मा प्रकाशित ६०९ पटक पढिएको

नेपालगन्‍जमा एकजना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १०२

बैशाख २६, काठमाडौं । नेपालगन्‍जको भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा अाज(शुक्रबार) एकजनामा कोरोना पुष्टि भएको छ ।

अाज नेपालगन्‍जकै एकजना  १६ वर्षीय किशोरमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । हाल देशभरका विभिन्‍न अस्पतालमा ७२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।






प्रतिक्रिया दिनुहोस