१० जना संक्रमित थपिए, नेपालमा कुल संक्रमित १२० पुगे

नौलो समाचार संवाददाता
२०७७ बैशाख २९, सोमबार मा प्रकाशित ३५३ पटक पढिएको

१० जना संक्रमित थपिए, नेपालमा कुल संक्रमित १२० पुगे

बैशाख २९, काठमाडौँ । नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अाज (सोमबार) दिएको जानकारी अनुसार थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

नयाँ संक्रमित सबै कपिलवस्तुका हुन् । यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७ र १० का १८, १९, २० (दुईजना), २४, ३०, ३१ र ३४ (दुईजना) वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । एकजना संक्रमितको उमेर खुलेको छैन ।

अाज संक्रमण पुष्टि भएका सबै १० जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म २८ जनामा कोरोना संक्रमण मुक्त भएका छन् ।

अहिलेसम्म उदयपुरमा ३२, पर्सामा २७, बाँकेमा २४ तथा कपिलवस्तुमा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस