अाज एकैदिन २४ जना थपिए काेराेना संक्रमित, संक्रमितको संख्या १३४ पुग्याे

नौलो समाचार संवाददाता
२०७७ बैशाख २९, सोमबार मा प्रकाशित ६३६ पटक पढिएको
अाज एकैदिन २४ जना थपिए काेराेना संक्रमित, संक्रमितको संख्या १३४ पुग्याे

बैशाख २९, काठमाडौं । कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ।

यीसँगै आज (सोमबार) एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार यी सबैकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा परीक्षण गरिएकाे हाे।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित हुनेहरु कपिलवस्तुकाे यशाेधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरु रुपन्देही समरीमाइ गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु छन्। यस्तै राजापुर बर्दियाकी ११ वर्षीया बालिकालाई पनि संक्रमण पुष्टि भएकाे मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!