काठमाडौँमा थपिए एक संक्रमित, नेपालमा संक्रमितको संख्या २४५

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १, बिहिबार मा प्रकाशित ४१५ पटक पढिएको

काठमाडौँमा थपिए एक संक्रमित, नेपालमा संक्रमितको संख्या २४५

काठमाडौँ – कोरोना भाइरस संक्रमितको संख्या थपिने क्रम जारी रहेको छ । थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अाज बिहानै विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २४५ पुगेको छ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार काठमाडौँ र कपिलवस्तुका एक–एकजनामा अाज संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँको चन्द्रागिरीका ३२ वर्षे पुरुष र कपिलवस्तुकी ६ वर्षकी बालिकामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

दुवैजनाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस