काठमाडौँका ७ वर्षीय बालकसहित तीन नयाँ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १, बिहिबार मा प्रकाशित ३५९ पटक पढिएको
काठमाडौँका ७ वर्षीय बालकसहित तीन नयाँ संक्रमित थपिए

जेठ १, काठमाडौँ । नेपालमा तीन नयाँ कोरोना भाइरस संक्रमित थपिएसँगै संक्रमितहरुको कुल संख्या २४९ पुगेको छ।

काठमाडौँ, जनकपुर र धादिङमा नयाँ संक्रमित थपिएका हुन्।

काठमाडौँ दहचोकका ७ वर्षीय बालक, धनुषाकी १६ वर्षीया किशोरी र धादिङकी ३० वर्षीय महिलामा कोरोना भाइरससको संक्रमण अाज (बिहीबार) बेलुकी पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्ने क्रममा यी तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।


प्रतिक्रिया दिनुहोस