फेरि थपिए नौ संक्रमित, काठमाडौँका अर्का बालकमा पनि देखियो, संख्या २६७

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २, शुक्रबार मा प्रकाशित ४३४ पटक पढिएको
फेरि थपिए नौ संक्रमित, काठमाडौँका अर्का बालकमा पनि देखियो, संख्या २६७

जेठ २, काठमाडौँ- अाज (शुक्रबार) बेलुकी ९ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अाज बेलुकी पर्साका चार, उदयपुरका एक, दाङका तीन र काठमाडौँका एकसहित नौमा संक्रमण पुष्टि भएको हो।

संक्रमण देखिएमध्ये पर्सा वीरगञ्जका दुई बालक र काठमाडौँ सतुंगलका एक बालक पनि छन्।

वीरगञ्जका नौ र दस वर्षीय बालक, वीरगञ्जकै २३ र ४७ वर्षका दुई महिला, दाङका गढवा र तुलसीपुरका तीन पुरुष, उदयपुरका एक २५ वर्षीय पुरुष र काठमाडौँका ७ वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस