रौतहटका थप १० जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २९१ पुग्यो

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ४, आईतबार मा प्रकाशित ७६१ पटक पढिएको

रौतहटका थप १० जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २९१ पुग्यो

जेठ ४, काठमाडौँ । फेरि १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अाज (आइतबार) बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको छ । अहिलेसम्म नेपालमा एकजनाको कोभिड–१९ बाट ज्यान गएको छ ।

अाज संक्रमण पुष्टि हुनेमा सबै रौतहटका बासिन्दा हुन् । रौतहटको राजपूर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९ (दुईजना), ४२ र ४८ वर्षका पुरुष तथा रौतहटकै इशनाथ नगरपालिका–३ र ५ का २८, ३० र ३३ वर्षका पुरुष रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकराीले बताएका छन् ।

अाज संक्रमण पुष्टि भएका सबै १० जना हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस