एकै दिनमा ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३५७

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ५, सोमबार मा प्रकाशित ४९४ पटक पढिएको
एकै दिनमा ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३५७

जेठ ५, काठमाडौं । बाँकेको  नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अाज (सोमबार) भेरी अस्पतालस्थित प्रयोगशालामा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

१९२ जनाको परीक्षण गर्दा ४७ जनाको पोजिटिभ आएको प्रदेश ५ को समाजिक विकास मन्त्रालय स्रोतले जानकारी दियो। उनीहरु अधिकांश भारतबाट फर्किएका हुन्।

स्वास्थ्य मन्त्रालयले अाज एकैदिन नेपालमा ५३ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ।

याेसंगै नेपालमा काेेेराेना संंक्रमितकाे संख्या ३५७ पुगेेेेकाे छ ।

बाँकेमा एकैदिन ४६ जना पुरुष र १ महिलामा संक्रमण देखिएको छ।

त्यस्तै पछिल्लो अपडेटअनुसार मोरङमा १, गुल्मीमा १, धनुषामा १, रौतहटमा १, दाङमा १ र धादिङमा १ जना नयाँ संक्रमित थपिएका हुन्। उनीहरु सबै पुरुष हुन्।

प्रतिक्रिया दिनुहोस