एकैदिन ५९ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ५१६

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ९, शुक्रबार मा प्रकाशित ३५७ पटक पढिएको

एकैदिन ५९ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ५१६

जेठ ९, काठमाडौं । नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मकवानपुरको हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुरका ४२ वर्षीया महिलासहित सप्तरीका एक जना र  बारका ६ जनामा कोरोना देखिएको हो ।

अाज (शुक्रबार) साँझ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा सप्तरीका बलान-बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

त्यसैगरी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणका क्रममा बाराको सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५  वर्षका परुषमा कोरोना देखिएको हो ।

यसअघि शुक्रबार बिहान ३० जना र दिउँसो २० जनामा कोरोना देखिएको थियो । आजमात्र ५९ जनामा कोरोना देखिएपछि कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

यसअघि शुक्रबार दिउँसो सुदूरपश्‍चिमा पाँच, बाँकेका १४ र मोरङमा एक जनामा कोरोना देखिएको थियो ।

शुक्रबार बिहान नवलपरासी वर्दाघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षका पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ चितवनका ७४ वर्षका पुरुष र ७३ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ का ३३ र ३५ वर्षका पुरुष तथा १५ वर्षिय महिलामा पनि कोरोना संक्रमण देखिएको थियो ।

कपिलबस्तु वाणगंगा नगरपालिका मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षिय पुरुषहरु तथा ८ वर्षिया बालिकामा पनि शुक्रबार बिहान कोरोना देखिएको थियो । सर्लाही गाडैता नगरपालिका ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष तथा १८ वर्षिय महिलामा करोना देखिएको थियो ।

शुक्रबार कोरोना संक्रमणबाट २१ जना डिस्चार्ज भएका छन् ।


प्रतिक्रिया दिनुहोस