“हाम्रो माटो”बोलको गीत मार्फत सिमा मिचिएकाे विरोध गर्दै कलाकार

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १८, आईतबार मा प्रकाशित ५६५ पटक पढिएको
“हाम्रो माटो”बोलको गीत मार्फत सिमा मिचिएकाे विरोध गर्दै कलाकार

जेठ १०, काभ्रे । नेपाली भु-भाग भारतले मिचेकाे विवादले विश्व तताइरहँदा भारतले मिचेकाे नेपाली भुभाग फिर्ता ल्याउन कलाकारहरु जुर्मुराएका छन् । कलाकारहरु नेपाली भु-भाग फिर्ता ल्याउनुपर्छ भन्दै गीत मार्फत जुर्मुराएका हुन् ।

चर्चित कलाकार बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पाेखरेल, गायिकाहरु सिर्जु अधिकारी, अनु अधिकारी लगायतले “हाम्रो माटो” बाेलकाे गीत सार्वजनिक गर्दै भारतले मिचेकाे नेपाली भुभाग फिर्ता गर्न अाम नेपालीलाई एक हुन अाग्रह गरेका हुन् ।

विश्व नाेवेल काेराेना संक्रमणकाे त्रासमा रहेको बेला बिगत लामो समय देखी नेपाल भारत सिमाना बिबाद भइ रहेको अबस्थामा हालै “हाम्रो माटो”बोलको देश भक्तिले भरिएको गीत सार्बजनिक भएको हाे ।

यस्तो महामारीकाे बेलामा समेत भारतले नेपाली भुमि मिच्दै भारतले सडक निर्माण गरे नेपाली माथि गरेकाे प्रहारलाई गीतमा मार्फत पाेखिएकाे छ । गीत मार्फत भारतलाई केहि दबाब दिदै नेपालीहरुलाई अाफ्नाे भु भमग फिर्ता होगर्न सअाग्रह स्वरुप गीत निर्माण गरिएको कलाकारहरु बताउँछन् ।

कोरोना भाइरसको महामारीसँग बिश्व समुदायनै सामुहिक रुपमा लड्दै गर्दा भारतले नेपालको स्वीकृति बिनै भूमि मिचेर बाटो बनाएपछि बिश्वमा रहेका अधिकांश नेपालीले आफ्नै तवरले विरोध गरिरहेका छन् । भारतकाे नेपाल प्रति मिचाह प्रवृत्तिलाई गतिलो झापडकाे रुपमा गीत सार्वजनिक भएको छ ।

अमृत खातिको शब्द, खाती र राजा राजेन्द्र पोख्रेलको सङीत रहेको गितमा सङ्गीत सम्योजन कमल सौरागको रहेको छ । रेकर्डिङ र मिक्सिङ्ग सन्जय शृपालको रहेको गितको निर्देशन र सम्पादन हुम गैरेको रहेको छ भने सिर्जु अधिकारी युट्युब मार्फत गीतलाई सार्वजनिक गरिएको छ ।

नेपाल सरकारले हालै नेपालको नया नक्सा जारी गरिसकेको छ । भारत र बिश्व सामु चुनौती पुर्ण चर्चा परिचर्चा चलिरहेको वर्तमान अवस्थामा अब आफ्नो पहिचान सहित स्वाभिमान बोकेका नेपालीहरुका लागि नक्सामा भएको जमीन फिर्ता गर्न एक जुट हुन जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस