एकदिनमा १६६ जनामा कोरोना संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १८, आईतबार मा प्रकाशित २३३ पटक पढिएको
एकदिनमा १६६ जनामा कोरोना संक्रमण पुष्टि

जेठ १८, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार आज (आइतबार) थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!