स्वास्थ्यकर्मी र विरामीमा कोरोना संक्रमण देखिएपछि सिनामंगलको केएमसी अस्पताल बन्द

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २१, बुधबार मा प्रकाशित २९८ पटक पढिएको
स्वास्थ्यकर्मी र विरामीमा कोरोना संक्रमण देखिएपछि सिनामंगलको केएमसी अस्पताल बन्द

जेठ २१, काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल(केएमसी) अनिश्चितकालका लागि बन्द भएको छ ।

अस्पतालका दुई बिरामी र दुई स्वास्थ्यकर्मीलाई मंगलबार कोरोना संक्रमण देखिएपछि सबै सेवा बन्द गरेको अस्पतालका मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर मुकुन्दराज जोशीले जानकारी दिए ।

कोरोना पुष्टि भएका विभागहरुमा निर्मलिकरण गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको अस्पतालकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!