काेराेना भाइरसका कारण नेपालमा ज्यान गुमाउने ९ पुगे, संक्रमित संख्या २३००

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २१, बुधबार मा प्रकाशित ४८१ पटक पढिएको
काेराेना भाइरसका कारण नेपालमा ज्यान गुमाउने ९ पुगे, संक्रमित संख्या २३००

जेठ २१, काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

दोलखाका ७६ वर्षीय बृद्धको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अाज (बुधबार) जानकारी दिए।

उनी जेठ १३ गते काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए।

उनलाई जेठ १५ केएमसीबाट थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। आइसीयुमा उपचारका क्रममा उनको मृत्यु भएको प्रवक्ता देवकोटाले बताए। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।

काठमाडौँ मेडिकल कलेजका बिरामी र स्वास्थ्यकर्मी गरी ५ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि अहिले यस अस्पतालका सबै सेवा बन्द गरिएका छन्।

अाज थप २०१ जनामा कोरोना भाइरस संक्रमण देखिएसँगै कुल संक्रमित संख्या २३०० पुगेको छ।

प्रतिक्रिया दिनुहोस