बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपालीको व्यथा बोकेको प्रभावन जे को ‘आउछु फर्केर’ सार्वजनिक (भिडियो सहित)

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २३, शुक्रबार मा प्रकाशित ८८४ पटक पढिएको

बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपालीको व्यथा बोकेको प्रभावन जे को ‘आउछु फर्केर’ सार्वजनिक (भिडियो सहित)

जेठ २३, काभ्रे । कोरोनाको महामारीमा बिदेशी भुमिमा रहेका नेपालीहरुको पिडालाई समेटेर तयार पारिएको ‘प्रभावन जे’ को लोक तथा दोहोरि गीत आउछु फर्केर सार्वजनिक भएको छ ।

डिएआर मुभिजले बजारमा ल्याएको उक्त गितमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजेको शब्द , लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकी छन् ।

जीवन बडूको एरेन्ज रहेको गीतको भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय रहेको छ । क्यामेरा पिटर गुरुङ, सम्पादन नबिन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईंले गरेका छन् । भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धितालले गरेका छन् ।

केहि समय पहिले प्रभावन जे को टिमले सामाजिक सचेतनामुलक गितहरु कालापानि, कोरोना (COVID-19), घरमै बसौन’ को साथमा चेतनामुलक सर्ट मुभि बजारमा ल्याएको थियो ।

यो गित हामी सबै नेपालीको घरको कथा हो । सम्बन्धित निकायको ध्यान पुर्याउने उद्देश्यले बजार ब्यबस्थापन गरेको डिएआर मुभिज एंड फिल्म्स इ. प्रा लि. का संचालक सदस्य राजाराम गौतम ले जानकारी दिए।
(भिडियो हेर्नुहोस)


प्रतिक्रिया दिनुहोस