जेठ २३, काभ्रे । काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काभ्रेको रोसि गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ ।
यस्तै, संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रियन गर्न आएकी थिइन् । शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो । उनी पनाैतीकाे भएकाे बताईएकाे छ ।
संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ । रोशीका तीनै जना संक्रमित क्वारेन्टाइनमा छन् ।
पाँचखालका संक्रमित भने अाज (शुक्रबार) क्वारेन्टाइनबाट घर गएका थिए । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्ट काभ्रेका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले पाँच जना संक्रमित भएको पुष्टि गरे ।
प्रतिक्रिया दिनुहोस