२७८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो, उपारपछि निकाे हुनेकाे संख्या ३ सय ३३

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २३, शुक्रबार मा प्रकाशित ४७० पटक पढिएको
२७८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो, उपारपछि निकाे हुनेकाे संख्या ३ सय ३३

जेठ २३, काठमाडौं । नेपालमा नोभेल कोरोना भाइरसका २७८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभर पछिल्लो २४ घण्टामा २७८ कोरोना संक्रमित थपिएका हुन् । उनले कोरोना भाइरसको संक्रमण देखिनेमा २६७ जना पुरुष र ११ जना महिला रहेका बताए ।

देशभर कुल कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ९१२ पुगेको छ । आज सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख ६६ हजार ८६५ जना  छन् ।

नोभेल कोरोना भाइरसको संक्रमणबाट सुर्खेतको पञ्‍चपुरीका २८ वर्षीय पुरुष मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४३ जना कोरोना निको भएर घर फर्किएका छन् । कुल कोरोना निको हुने ३ सय ३३ जना रहेका छन् । जसमा महिला ६१ जना अन्य पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस