थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २५, आईतबार मा प्रकाशित ३०७ पटक पढिएको
थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो

जेठ २५, काठमाडौं । नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये २०९ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जनाएका छन् । हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको देवकोटाले बताए ।

यससँगै नेपालमा संक्रमितको संख्या ३ हजार ४ ४८ पुगेको छ । जसमा ३ हजार २१२ जना पुरुष र २३६ जना महिला रहेका छन् ।

यस्तै, ४६७ संक्रमित उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!