थपिए ३ सय १४ संक्रमित, संक्रमितकाे संख्या ३७६२ पुग्यो

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २६, सोमबार मा प्रकाशित ४५७ पटक पढिएको

थपिए ३ सय १४ संक्रमित, संक्रमितकाे संख्या ३७६२ पुग्यो

जेठ २६, काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले अाज (साेमबार) थपिएकासमेत कुल संक्रमितकाे संख्या ३७६२ पुगेकाे जानकारी दिए ।

संक्रमितमध्ये हालसम्म चार सय ८८ जना निकाे भएर घर फर्किएकाे मन्त्रालयले जनाएकाे छ ।

गौतमले विराटनगर प्रादेशिक अस्पतालमा १६ जना, कोसी अस्पताल प्रयोगशालामा १० जना , बिपी अस्पताल धरानमा १६ जना, प्रादेशिक प्रयोगशाला जनकपुरमा १५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला २ जना, नारायणी अस्पताल प्रयोगशालामा १९ जना,  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दांङमा ४, भेरी अस्पताल प्रयोशालामा १९, सुर्खेत प्रादेशिक अस्पतालमा १६, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ६५ जना र राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १३२ मा कोरोना पुष्टि भएको बताए ।


प्रतिक्रिया दिनुहोस