४४८ जना थपिएसंगै काेराेना संक्रमितको संख्या ५ हजार ६२ पुग्यो, हालसम्म ८६१ जना निकाे भए

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित ५०५ पटक पढिएको

४४८ जना थपिएसंगै काेराेना संक्रमितको संख्या ५ हजार ६२ पुग्यो, हालसम्म ८६१ जना निकाे भए

जेठ ३०,काठमाडौं । आज थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ४२४ पुरुष र २४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको गौतमले बताए । यस्तै, हालसम्म ८६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।


प्रतिक्रिया दिनुहोस