जेठ ३२, काठमाडौं । अाज(आइतबार) थप ६१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।योसहित निको हुनेको संख्या ९७४ पुगेको छ। जसमध्ये ८७७ र ९७ महिला रहेका छन्। नयाँ डिस्चार्ज हुनेमा ५५ पुरुष र ६ जना महिला रहेको मन्त्रालयलले जनाएको छ। रेड जोनमा ४५८ जना रहेका छन्।
४२५ जनामा कोरोनामा संक्रमण पुष्टि
यस्तै अाज थप ४२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अाज ४२५ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ५७ सय ६० पुगेको हो। नयाँ संक्रमितमध्ये ३७५ पुरुष र महिला ५० महिला रहेका छन्।
पीसीआर विधिबाट १ लाख ३३ हजार ३७७ र आरडीटी विधिबाट २ लाख १० हजार ७२१ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ०८९ र आरडीटी विधिबाट २० हजार १३९ जनाको नमुना परीक्षण गरिएको छ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ४३ हजार ६४१जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ४ हजार ७६८ जना रहेका छन्।
प्रतिक्रिया दिनुहोस