कोरोना अपडेटः संक्रमितकाे संख्या ७८४८, निधन २२ जना, संक्रमणमुक्त ११८६

नौलो समाचार संवाददाता
२०७७ अषाढ ४, बिहिबार मा प्रकाशित ५०३ पटक पढिएको
कोरोना अपडेटः संक्रमितकाे संख्या ७८४८, निधन २२ जना, संक्रमणमुक्त ११८६

असार ४, काठमाडाैँ । नेपालमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अाज साजर्वजनिक गरेको विवरण अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्रै ६ सय ७१ जना नयाँ संक्रमित थपिएका छन्। यसमध्ये ५९१ जना पुरुष र ८० जना महिला छन्।

यस्तै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि नेपालमा बढ्न थालेको छ। कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ की ४३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो।

दुबै जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। उनको असार ३ गते बेलुकी निधन भएको हो।

यस्तै लम्की चुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो। जेठ ३१ गते भर्ना भएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना संकलन गरिएको थियो ।

उनको असार २ गते नै मृत्यु भएको प्रवक्ता गौतमले बताए। भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ७४६ र आरडिटी विधिबाट ९ हजार ५३२ वटा परीक्षण भएको जानकारी दिएको छ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा अाज (बिहीबार) प्रवक्ता डा. गौतमले हालसम्म पीसीआरबाट कुल १ लाख ५५ हजार ५१८ र आरडीटीबाट २ लाख ४३ हजार ७५ वटा परीक्षण भएको जानकारी दिए।

डा. गौतमका अनुसार हाल देशभर १ लाख १६ हजार २१५ जना क्वारेन्टिनमा रहेका छन्। यस्तै देशभर हाल आइसोलेसनमा ६ हजार ६४८जना रहेका छन्।

थप १९ जना संक्रमित डिस्चार्ज

यस्तै कोरोना भाइरसको संक्रमण निको भएर थप १९ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १ हजार १ सय ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा ७४ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ।

प्रतिक्रिया दिनुहोस