नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण, ८ हजार ६०५ पुगे संक्रमित

१७६ जना उपचारपछि निको भएर डिस्चार्ज
नौलो समाचार संवाददाता
२०७७ अषाढ ६, शनिबार मा प्रकाशित ४५९ पटक पढिएको
नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण, ८ हजार ६०५ पुगे संक्रमित

असार ६, काठमाडौं । नेपालमा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३३१ जनामा संक्रमण देखिएको हो।

आज थपिएका ३३१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा थप १७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १५७८ पुगेको छ।

कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस