थप एक कोरोना संक्रमितको मृत्यु, थप ४२१ जनामा कोरोना संक्रमण

नौलो समाचार संवाददाता
२०७७ अषाढ ७, आईतबार मा प्रकाशित ४८७ पटक पढिएको

थप एक कोरोना संक्रमितको मृत्यु, थप ४२१ जनामा कोरोना संक्रमण

असार ७, काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। गुल्मीका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा २३ कोरोना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गुल्मी छत्रकोट गाँउपालिका-५ मैनडाँडाका ६९ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनी प्यारालाइसिस उपचारका लागि भारत गएका थिए। भारतबाट जेठ २५ गते नेपाल आएका थिए। नेपाल आएपछि होमक्वारेन्टाइनमा नै रहेका उनको असार ५ गते घरमा नै मृत्यु भएको डा गौतमले जानकारी दिए।

उनको सोही दिन स्वाब संकलन गरि नमुना जाँचका लागि प्रदेश प्रयोगशाला भैरहवामा पठाइएको थियो। असार ६ गते आएको रिपोर्टमा उनमा कोरोना संक्रमण देखिएको हो।

थप ४२१ जनामा संक्रमण

नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

नेपालमा हालसम्म ९ हजार २६ जनामा कोरोना संक्रमण देखिएको छ।


प्रतिक्रिया दिनुहोस