एकैदिन ५३५ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ९ हजार ५६१ पुग्याे

नौलो समाचार संवाददाता
२०७७ अषाढ ८, सोमबार मा प्रकाशित ४१३ पटक पढिएको
एकैदिन ५३५ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ९ हजार ५६१ पुग्याे

असार ८, काठमाण्डाै । नेपालमा कोरोना सङ्क्रमिको सङ्ख्या नाै हजार पाँच सय नाघेकाे छ ।

पछिल्लो २४ घण्टामा पाँच सय ३५ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या नाै हजार पाँच सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म नाै हजार पाँच सय ६१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा सात जना, गजेन्द्र नारायणसिंह प्रयोगशालामा ११ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा १३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएकाे परीक्षणमा दुई सय ८३ जना, भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २१ जना, धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा ४२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा १२ जनामा कोरोना सङ्क्रमण देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा २० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा एक सय तीन जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा १३ जनामा कोराना पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस