सुशान्तको अन्तिम चलचित्र अनलाइनमा निशुल्क रिलिज गरिदै

नौलो समाचार संवाददाता
२०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ५३५ पटक पढिएको

सुशान्तको अन्तिम चलचित्र अनलाइनमा निशुल्क रिलिज गरिदै

असार १२, काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउड विक्षिप्त बनेको छ । सुशान्तको मृत्युको पीडा सहन नसकेर उनकी भाउजू सुधा र ५ जना शुभचिन्तकले आफ्नो ज्यान गुमाए ।

सुशान्त अभिनित अन्तिम चलचित्र ‘दिल बेचारा’ले मे ८ लाई रिलिज मिति पक्का गरेको थियो । तर, कोरोनाका कारण हल बन्द हुँदा उक्त चलचित्र रिलिज हुन पाएन । चलचित्र रिलिज नहुँदै र त्यसको प्रतिक्रिया बुझ्न नपाउँदै सुशान्त यस धर्तीबाट बिदा भए ।

अब भने निर्माण पक्षले ‘दिल बेचारा’लाई डिजिटल प्लेटफर्ममा रिलिज गर्ने तयारी गरेको छ । चलचित्रको रिलिज मिति २४ जुलाई तोकिएको छ । डिज्नी हटस्टारमा रिलिज हुने ‘दिल बेचारा’ निःशुल्क हेर्न पाइने बताइएको छ ।

निर्देशक मुकेश छाबडाको निर्देशनमा तयार भएको यस चलचित्रमा सुशान्तको जोडी भएर सञ्जना सांघीले अभिनय गरेकी छन् ।  यस चलचित्र सन् २०१४ मा रिलिज भएको अमेरिकी चलचित्र ‘द फल्ट इन आवर स्टार्स’ को रिमेक हो  ।


प्रतिक्रिया दिनुहोस