नेपालकाे ७७ वटै जिल्लामा फैलियाे काेराेना, अाज थपिए ५५४ जना, मृृतककाे संख्या २८

नौलो समाचार संवाददाता
२०७७ अषाढ १३, शनिबार मा प्रकाशित ४१७ पटक पढिएको
नेपालकाे ७७ वटै जिल्लामा फैलियाे काेराेना, अाज थपिए ५५४ जना, मृृतककाे संख्या २८

असार ३, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५५४ जनामा संक्रमण देखिएको हो।

आज थपिएका ५५४ सहित नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २८३४ पुगेको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ। शनिबार रसुवामा पनि ९ जनामा संक्रमण देखिएपछि नेपालका ७७ जिल्लामा नै कोरोना संक्रमित भेटिएका छन्।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस