देउवालाई नेविसंघको प्रश्न : नेविसंघलाई १० जनामै सीमित राख्ने हो?

नौलो समाचार संवाददाता
२०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ५०५ पटक पढिएको
देउवालाई नेविसंघको प्रश्न : नेविसंघलाई १० जनामै सीमित राख्ने हो?

असार १६, काठमाडौं । नेपाल विद्यार्थी संघको तदर्थ समितिलाई महाधिवेशनका लागि तोकिएको समय सकिन लागेको छ।

गत माघमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ६ महिनाभित्र महाधिवेशन गराउन भन्दै राजीव ढुंगानालाई नेविसंघको तदर्थ अध्यक्ष तोकेका थिए।

तर, अध्यक्ष ढुंगानाले न त महाधिवेशनको मिति तोक्न सकेका छन् न त कार्यसमितिलाई नै पूर्णता दिएका छन्।

मंगलवार नेविसंघका नेताहरुले यही विषयमा सानेपास्थित माउ पार्टीको केन्द्रीय कार्यालय विरोध जनाए। सभापति देउवा आइपुगेकै बेला उनीहरुले नेविसंघ तदर्थ समितिको म्याद सकिनै लागे पनि नेताहरु किन मौन भन्दै प्रश्न सोधिएको प्ले कार्ड प्रदर्शन गरे।

काँग्रेस फागुनका लागि तोकिएको महाधिवेशनको कार्यतालिका हेरफेर गर्न केन्द्रीय समितिको बैठकमा जुटेको छ।

नैनसिंह महर नेतृत्वले महाधिवेशन गर्न नसकेपछि उनले राजीनामा दिएका थिए।

त्यसपछि अनिश्चित बनेको नेविसंघ महाधिवेशन कोरोना महामारीले झनै अनिश्चित बनेको छ। म्याद सकिन ३२ दिन बाँकी रहदा पनि संघको अधिवेशनको म्याद तोकिएको छैन।

गत माघ १६ गते देउवाले राजीव ढुंगानालाई नेविसंघ तदर्थ समितिको अध्यक्ष बनाएका थिए। त्यही समय  मनोज वैद्य र महेश्वरी कुँवर महामन्त्री तोकिएका थिए तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ।

तदर्थ समितिमा केही उपाध्यक्ष र दुई महामन्त्री थपेर पदाधिकारी १० जना पुर्‍याइएको छ। १० जनामा जनामा केन्द्रीय समिति समिति गरिएको भन्दै चाडै पूर्णता दिनपनि उनीहरुले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस