नेपालमा थप एक जना संक्रमितको मृत्यु, मृतकको संख्या ३० पुग्यो

नौलो समाचार संवाददाता
२०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३६६ पटक पढिएको
नेपालमा थप एक जना संक्रमितको मृत्यु, मृतकको संख्या ३० पुग्यो

असार १७, काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम जिल्लाको रामरोसन गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यो सहित नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३० पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४८२ जनामा संक्रमण देखिएको हो।

आज थपिएका ४८२ सहित नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १४६२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ४६५६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!