एकै दिनमा भेटिए ७४० संक्रमित, कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो

८ सय २३ जना डिस्चार्ज
नौलो समाचार संवाददाता
२०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ७९२ पटक पढिएको

एकै दिनमा भेटिए ७४० संक्रमित, कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो

असार १९, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

काठमाडौं नयाँ बानेश्वरका उच्च रक्तचाप र पार्किन्सन्सका ८५ वर्षीय बिरामीको निजी अस्पतालमा १७ गते मृत्यु भएको र उक्त बिरामीमा कोरोना पुष्टि भएसंगै मृतक ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।

त्यस्तै कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ७ सय ४० जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १५ हजार २ सय ५९ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ८ सय २३ जना अस्पतालबाट डिस्चार्ज भएको जनाइएको छ । योसंगै अहिलेसम्म ६ हजार १ सय ४३ जना डिस्चार्ज भएका छन् ।

३५ हजार ४ सय ७२ जना क्वारेन्टिनमा रहेका छन् । ९ हजार ८४ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म दुई लाख ४२ हजार २ सय ४७ वटा पीसीआर परीक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस