पार्टी एकतालाई बचाउन सहमतिका थप आधार खोज्ने नेकपाका अध्यक्षद्वयको सहमती

नौलो समाचार संवाददाता
२०७७ अषाढ २१, आईतबार मा प्रकाशित ६७३ पटक पढिएको
पार्टी एकतालाई बचाउन सहमतिका थप आधार खोज्ने नेकपाका अध्यक्षद्वयको सहमती

असार २१, काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षले थप लचकता प्रस्तुत गर्ने सहमति भएको हो ।

अध्यक्षद्वयले भोली बिहान स्थायी कमिटीको बैठक बस्नुअघि पुनः छलफल गर्ने सहमति भएको छ । वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुनुहुन्थ्यो ।

यस्तै दाहालको तर्फबाट वर्षमान पुन र जनार्दश शर्मासमेत सहभागी भएको बताइएको छ ।

छलफलमा दुवै समूहका नेताहरु पार्टी एकतालाई बचाउन सहमति आवश्यक रहेको र दुवैतर्फबाट दुरी एवं आशंका बढाउने क्रियाकलापहरु रोक्न सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस