काभ्रेमा चार जना थपिएसंगै संक्रमितकाे संख्या १३ पुग्याे

नौलो समाचार संवाददाता
२०७७ अषाढ २१, आईतबार मा प्रकाशित ५३७ पटक पढिएको
काभ्रेमा चार जना थपिएसंगै संक्रमितकाे संख्या १३ पुग्याे

असार २१, काभ्रे । काभ्रेमा एकैदिन चार जना काेराेना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा पाँचखाल नगरपालिकाका दुईजना, महाभारत गाउँपालिका घर भई हाल धुलिखेलस्थित सञ्जिवनी क्वारेन्टाईनमा बस्दै आएका एक जना र बनेपा नगरपालिकाका एक जना रहेका छन् ।

संक्रमित हुनेमा पाँचखाल नगरपालिकाका २६ र ३९ वर्षिय पुरुष, महाभारत गाउँपालिकाका २२ वर्षिय पुरुष र बनेपा नगरपालिकाका २८ वर्षिय पुरुष रहेकाे स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । उनीहरू सबै विदेशबाट आएका ब्यक्ति हुन् । संक्रमित सबै पुरूष छन् ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । त्यस मध्ये ७ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

जिल्लाको १३ वटा स्थानीय तह मध्ये पाँचखाल नगरपालिका, पनौती नगरपालिका, रोशी, बेथानचोक र महाभारत गाउँपालिकामा संक्रमित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस