अाज थप १ सय ८० जनामा कोराेना संक्रमण, एकजनाकाे मृत्यु, २ सय ६४ जना डिस्चार्ज

हालसम्म संक्रमितको संख्या १५ हजार ९ सय ६४
नौलो समाचार संवाददाता
२०७७ अषाढ २२, सोमबार मा प्रकाशित ४७५ पटक पढिएको
अाज थप १ सय ८० जनामा कोराेना संक्रमण, एकजनाकाे मृत्यु, २ सय ६४ जना डिस्चार्ज

असार २२, काठमाडौं । पछिल्लो २४ घन्टामा २ सय ६४ जना कोरोना संक्रमित उपचारपछि विभिन्न आइसोलेसन सेन्टर तथा अस्पतालबाट घर फर्किएका छन्।

योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ६ हजार ८ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १ सय ३२ जना डिस्चार्ज भएका थिए।

नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ। नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ भने मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

सोमबार विभिन्न २५ वटा प्रयोगशालबाट ४ हजार ७ सय २१ जनाको पिसिआर टेस्ट भएको छ।

हालसम्म २९ हजार २ सय १५ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार १ सय १८ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस