काभ्रेका खरेल र बादेलाइ ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी’ सम्मान

नौलो समाचार संवाददाता
२०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ६६९ पटक पढिएको
काभ्रेका खरेल र बादेलाइ ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी’ सम्मान

असार २५, काभ्रे । गणेशमान सिंह फाउन्डेसनले नेपाली काँग्रेसका नेताहरु काभ्रेबासी राजेन्द्र खरेल र गोपालदास बादेलाइ गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान गरेको छ ।

फाउन्डेसनबाट गणेशमानका सुपुत्र एबं नेपाली काँग्रेसका पुर्व महामान्त्री प्रकशमान सिंहले नेताद्वयका घरमानै पुगेर खरेल र बादेलाइ सम्मान गरेका थिए। खरेलको निवास नयाँबानेश्वर तथा बादेको निवास बनेपानै पुगेर सम्मान गरिएको थियो । नेपाली काँग्रेसमा रहेर निष्ठाको राजनीति गरेका र प्रजातन्त्र स्थापनामा योगदान गरेबापत उच्च मुल्यांकन सहित सम्मान गरिएको नेता प्रकाशमान सिंहले जानकारी दिए ।

सम्मानित खरेेल र बादेलाई नगद २५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

फाउन्डेसनले उहाँहरु लगायत श्रीपतिदास जोशी ललितपुर, शिवगोपाल रिसल काठमाण्डौ, सानु मानन्धर काठमाडौं, श्यामलाल श्रेष्ठ काठमाडौं, प्रदिपमान श्रेष्ठ काठमाडौं, माथबरसिंह बस्नेत भक्तपुर, अन्जु बस्नेत काठमाडौं, भरत उप्रेती र रेवतिरमण सुबेदीलाइ सम्मान गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस