नेपालमा भारतीय न्युज च्यानलको प्रशारणमा रोक

नौलो समाचार संवाददाता
२०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ४८९ पटक पढिएको
नेपालमा भारतीय न्युज च्यानलको प्रशारणमा रोक

असार २५, काठमाडौं । भारतीय च्यानलको प्रशारणमा रोक लगाइएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले भारतीय समाचार च्यानलको प्रशारणमा रोक लगाएकाे बताएका छन् ।

भारतीय सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय समाचार च्यानलमा रोक लगाइएको छ । नेपालको बारेमा गलत समाचार लगातार प्रशारण गरेपछि यस्तो निर्णय गर्नुपरेको हो । मेगा म्याक्स टीभीका उपाध्यक्ष ध्रुव शर्माले भारतीय टेलिभिजन च्यानलहरुले नेपालका बारेमा अनर्गल प्रचार गरेकाले नेपालमा रोक लगाउनुपरेको बताए ।

तर सरकारले भने कुनै निर्णय नगरेको सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम अधिकारीले जानकारी गराए ।

“नेपालको अस्मितामाथि लगातार अफवाह फैलाएपछि हामीले स्वतःस्फूर्तरुपमा भारतीय टेलिभिजन च्यानल बन्द गराएका हौं,” थापाले भने, “अहिलेसम्म २० वटा न्युज च्यानल बन्द गरिसकेका छौं । आज एउटा च्यानलले नेपाल र नेपालका प्रधानमन्त्रीको विषयमा जथाभावी बोलेको छ भोलि अर्कोले पनि गर्ला । हामीले कति सहने ? त्यसैले हामीले भारतीय समाचार च्यानल बन्द गराएका हौं । अब सरकारले त्यस्ता कन्टेन्ट आउने अन्य माध्यम पनि बन्द गराउनुपर्छ ।”


प्रतिक्रिया दिनुहोस