जिल्लाभित्र मात्रै चल्न पाउने गरी सार्वजनिक गाडी खुला, मास्क अनिवार्य

नौलो समाचार संवाददाता
२०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित १०८६ पटक पढिएको
जिल्लाभित्र मात्रै चल्न पाउने गरी सार्वजनिक गाडी खुला, मास्क अनिवार्य

असार २६, काठमाण्डाै । लकडाउनको झण्डै साढे तीन महिनापछि सार्वजनिक यातायात खुला भएको छ ।

सरकारले काठमाण्डौ, ललितपुर र भक्तपुरभित्र तथा बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरेको हो । लामो दूरीको गाडी भने चल्न पाउने छैनन् ।

सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने भएको छ । ट्याक्सी बाहेक सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्क र पन्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र गाडीभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ ।

सार्वजनिक यातायात सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जना मात्र राख्नु पर्नेछ । यस्तै एक दिनमा कम्तीमा एकपटक अनिवार्य रूपमा यातायातका साधनलाई संक्रमणमुक्त पनि गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक दुई जनासम्म मात्र यात्रु राख्न पाइने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस