पनौतीको नगरगानकाे छायांकन, नगरप्रमुख, जनप्रतिनिधिसहित हरिबंश श्वेतालगायत कलाकारकाे अभिनय

नौलो समाचार संवाददाता
२०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ९३४ पटक पढिएको

पनौतीको नगरगानकाे छायांकन, नगरप्रमुख, जनप्रतिनिधिसहित हरिबंश श्वेतालगायत कलाकारकाे अभिनय

असार २६, काभ्रे । काभ्रे जिल्लाकाे एेेेतिहासिक तथा विश्ववसम्पदाकाे धराेहर पनाैती नगर क्षेत्रका रहनसहन, प्राकृतिक सुन्दरता, संस्कृति, ऐतिहासिक गतिविधी समेटेर ‘पनाैती नगरगान’ तयार पारिएको छ ।

पछिल्ला दिनहरुमा विभिन्न स्थानीय तहहरुले आ–आफ्नो गाउँ–ठाउँ र रहनसहनलगायत विभिन्न विषयहरुलाई गीति श्रव्य–दृष्य माध्यमबाट चिनाउने प्रचलन बढ्दै गएको छ ।

पनाैतीका मठमन्दिरमा छायाङ्कन गरिएको नगरगानमा वरिष्ठ कलाकार हरिबंश आचार्य, अभिनेत्रीद्वय श्वेता खड्का र नम्रता सापकोटामा साथमा कलाकारहरु रविन्द्र खड्का, सङ्गम भण्डारी, नारायण प्रधान, मुकुन्द थापा, रामेश्वर जङ्ग केसी, लक्ष्मण माटन्छी लगायतका कलाकारहरुको अभिनय रहेकाे छ ।

गीतकार प्रकाश सुवेदीको गहन अध्ययन, अनुसन्धानमा नगरपालिकाभित्रका १२ वटै वडाहरु तथा समग्र विविधतालाई ८ मिनेट भित्र समेटेर  लेखिएको गीतमा सुरेश अधिकारीको सङ्गीत, महाराज थापाको सङ्गीत संयोजन र सिडी विजय अधिकारी तथा मिलन नेवारको स्वर रहेको छ ।

भिडियोमा रमेश बाबा नेपालको निर्देशन तथा अजय रेग्मीकाे छायाङ्कन रहेकाे छ ।

असार मसान्त भित्रै सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने गीति भिडियो यही साउनको पहिलो हप्ता भित्रै नगरपालिकामार्फत सार्वजनिक हुँदैछ।

नगरप्रमुख भिम न्यौपाने र उपप्रमुख गीता बञ्जरा समेत संलग्न रहेको गीति भिडियोमा अधिकांश जनप्रतिनीधि, कर्मचारी, स्थानीय सामाजिक अभियन्ता, संस्कृतिविद्, साहित्यकार लगायतका ब्यक्तिहरु र स्थानीय वाद्यवादक टोलीलाई समेत भिडियोमा समेटिएको छ ।


प्रतिक्रिया दिनुहोस