काठमाडौं उपत्यकामा ४२ सहित थपिए ११८ कोरोना संक्रमित, कुन जिल्लामा कति थपिए ?

१२० जना संक्रमित निको भए
नौलो समाचार संवाददाता
२०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ६३७ पटक पढिएको
काठमाडौं उपत्यकामा ४२ सहित थपिए ११८ कोरोना संक्रमित, कुन जिल्लामा कति थपिए ?

असार २६, काठमाडौँ । काठमाडौं जिल्लामा २८ सहित ११८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा ४२ सहित मुलुकभर २४ घन्टामा ११८ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए । नेपालमा शुक्रबारसम्म १६ हजार ६४९ जना कोरोनाबाट संक्रमित भएका छन् ।

प्रवक्ता गौतका अनुसार सोही अवधिमा १२० जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ८ हजार ११ जना पुगेको छ ।

संक्रमित हुनेमा काठाडमौंका २८, ललितपुरका १३, सुर्खेतका ११, गुल्मीका ६, इलामका २, पाँचथरका २, सिरहाका २, धनुषाका ४, महोत्तरीका ४, रसुवाका १, डोटीका १, चितवनका १, बाँकेका १, भक्तपुरका १, काभ्रेपलान्चोकका २, रामेछापका १, रौटहटका १, सिन्धुलीका १, सिन्धुपाल्चोकका १, पाल्पाका ४, रुपन्देहीका १ जना, मकवापुरका १, धादिङका १, कैलालीका १, बागलुङका २, तनहुँका ८, गोरखाका १, नवलपरासीका २, बाजुराका १, दैलेखका २, डोल्पाका १ र सल्यानका १ जना रहेका छन् ।

२४ घन्टामा थप १२० जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म निको हुनेको संख्या ८ हजार ११ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ७५ हजार ९५१ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ४ हजार ८०६ परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ९१० जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ६०३ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस