काभ्रेमा थपिए ६ जना कोरोना संक्रमित

नौलो समाचार संवाददाता
२०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ५२९ पटक पढिएको
काभ्रेमा थपिए ६ जना कोरोना संक्रमित

असार २६, काभ्रे । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार संक्रमित हुनेमा तेमाल गाउँपालिका वडा नं ८ बस्ने ४० वर्षिय परुष, पनौती नगरपालिका वडा नं ९, बस्ने २६ वर्षिय एक जना पुरुष, बनेपा नगरपालिकाका ३४ र ३० वर्षिय पुरुष, काभ्रे जिल्ला ठेगाना भएका २३ वर्षिय महिला र पनौती नगरपालिका वडा नं २ बस्ने ४९ वर्षिय महिला गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ जना पुगेको छ । संक्रमितमध्ये ८ जना उपचारपछि घर फर्केको र बाँकी उपचारकै क्रममा रहेको प्रमुख डा.झाले बताए ।

प्रतिक्रिया दिनुहोस