संक्रमित थपिएसंगै बनेपाकाे वडा नम्बर ६ मा प्रवेश निषेध

नौलो समाचार संवाददाता
२०७७ अषाढ २७, शनिबार मा प्रकाशित १३७८ पटक पढिएको
संक्रमित थपिएसंगै बनेपाकाे वडा नम्बर ६ मा प्रवेश निषेध

असार २७, काभ्रे । कोरोना संक्रमित देखिएपछि बनेपा नगरपालिका वडा नम्बर ६ मा प्रवेश निषेध गरिएको छ । वडा कार्यालयले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै वडाभित्र प्रवेश गर्न रोक लगाएको हो ।

बनेपा नगरपालिका वडा नम्बर ६ बुडोल की २४ बर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त वडा सिल गरिएकाे हाे । बनेपास्थित शिर मेमोरियल अस्पतालमा हाल उनकाे उपचार भइरहेको छ ।

वडाध्यक्ष सचितानन्द केसीले आज एक सुचना निकालेर आवात आवाजमा पूर्ण रोक लगाएको बताए । वडा कार्यालयले अरनिको राजमार्गको उत्तर तर्फ, शहिद मार्गको पश्चिम तर्फ, चण्डेश्वरी खोलाको पूर्व तर्फ र शहिद स्मारक क्षेत्रको दक्षिण खत्री गाउँ क्षेत्रमा अर्को सूचना जारी नहुदाँसम्म सिल गरिएको वडाध्यक्ष केसीले बताए ।

योसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । त्यस मध्ये १० जना उपचारपछि घर फर्किएका छन् ।

बनेपा नगरपालिका वडा नं. काे सूूूूचना

प्रतिक्रिया दिनुहोस